नायिका सुहाना थापाले सञ्चारकर्मी र फ्यानसँग केक काटेर मनाइन्

काठमाडौं। वैशाख २६ ( मे ८ ) गते जन्मिएकी नायिका सुहाना थापाले बुधबार आफ्नो जन्मदिन सञ्चारकर्मी र फ्यानसँग केक काटेर मनाएकी छिन् । उनको जन्मदिनको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’को सफलता पार्टी पनि आयोजना गरिएको थियो । कार्यक्रममा नायक अनमोल केसी, सलोन बस्नेत , निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायतको उपस्थित थिए ।

उनको फिल्म ‘ए मेरो हजुर ३’अहिले २६ औं दिनमा हलहरुमा चलिरहेको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर आफुले पाएको माया र शुभकामनाका लागी धन्यवाद दिएकी थिइन् र ‘ए मेरो हजुर ३’को टिमसँग आफू जोडिन पाउँदा अत्यन्तै खुशी भएको तथा धेरै कुरा सिक्न पाएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.