महानगरका वडाध्यक्षले नगरसभामै टेबुल मिल्काए
पोखरा । पोखरा महानगरपालिकाको नगरसभामै बुधबार ४ नम्बर वडाका अध्यक्ष शंकर बास्तोलाले अभद्र व्यवहार देखाउँदै टेबुल मिल्काए ।
कांग्रेस वडाध्यक्षहरुले बजेटमाथि असन्तुष्टि जनाउँदै रेडबुकसमेत च्यातेका थिए । मेयर मानबहादुर जिसीले बजेट पारित भएको घोषणा गरेलगत्तै कांग्रेस वडाध्यक्षसहितका जनप्रतिनिधिले रेडबुक च्यातेका थिए ।
कांग्रेसका वडाध्यक्षले बजेट र रेडबुकमा असन्तुष्टि जनाएका हुन् । असन्तुष्टिकै क्रममा वडाध्यक्ष बास्तोलाले टेबुल उचालेर मिल्काएका हुन् । महानगरपालिकाले मंगलबार ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो । नगरसभामा नै विकास कार्यक्रम विवरण (रेडबुक) बुधबार वितरण गरिएको थियो ।