तीन दिनदेखि अस्पतालमा पानीको अभाव

हुम्ला । जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ ।

खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डा. नवीन रोकायाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको छ ।

डा. रोकायाले अस्पताल जस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको बताए । अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानी उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको उनले जानकारी दिए । पानीको अभाव हुँदा शल्यक्रियालगायत अन्य क्षेत्रमा समस्या हुँदै आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.