सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि असार १ गते प्रस्तुत गरेको बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले अवरोध गरेपछि यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाइ स्थगन गरिएको थियो । असार ८ गतेका लागि तोकिएको बैठक पनि स्थगन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.