मलेसियामा नेपालीहरु हड्तालमा

मलेसिया । मलेसियाको एक कम्पनीले दुई महिनादेखि तलब नदिएपछि नेपाली कामदारहरु हड्तालमा उत्रिएका छन् ।

मलेसियाको डब्लुआरपी एसिया प्यासिफिक ग्लोभ कम्पनीमा दुई महिनादेखि काम गरेको तलब नपाएपछि आजदेखि नेपालीसहित विभिन्न देशका श्रमिकहरुले काम छोडर हड्तालमा उत्रिएका हुन् । 

दुई महिनादेखिको तलब रोकिएको, अघिल्लो महिना पाँच सय मलेसियन रिङ्गिट दिएका थिए । यो महिना खानका लागि मात्रै मलेसियन रिङ्गिट एक सय दिए । दिनदिनै स्थिति नाजुक बन्दै गएपछि सबै मजदुर काम छाडेर पुनः हडतालमा उत्रिएको सल्यानका महेन्द्र मगरले बताए ।

छ महिनाअघि पनि तीन महिनासम्मको तलब रोकिएपछि कामदारहरु कम्पनीविरुद्ध हडताल उत्रिनु परेको थियो।
हडतालपछि नेपाली दूतावास, बंगलादेशी दूतावास र कम्पनीको सामूहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखि समयमै तलब दिने सहमतिपछि श्रमिकहरु काम फर्किएका थिए ।

सो कम्पनीमा दुई हजार नेपालीहरु हड्तालमा उत्रिएको थियो । कम्पनीले तीन महिनादेखि तलब रोकेको, अतिरिक्त समय काम गरेको रकम पनि नदिएको र अनावश्यक तरिकाले पैसा काटेको कामदारहरुको आरोप छ ।

सो कम्पनीले रबरको पञ्जा उत्पादन गर्ने काम गर्दछ।

Leave a Reply

Your email address will not be published.