क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको अध्यक्षमा पुनः बसन्त गुरुङ

फार्नबरो (युके) । क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको बार्षिक साधारणसभा तथा चौथो महाधिवेशन शनिबार २२ जुन २०१९ का दिन ग्रेन्ज कम्युनिटी जुनियर स्कूलको हल फार्नबरोमा सम्पन्न भएको छ। सो संस्थाको अध्यक्ष बसन्त गुरुङको अध्यक्षतामा बसेको साधारणसभा तथा चौथो महाधिवेशन २०१९ मा संस्थापक अध्यक्ष मेजर चित्रराज लिम्बु एमभओ एमबिई र पूर्वअध्यक्ष मेजर भलामान राई लगायत एसोसिएसनका थुप्रै जेष्ठ, आजिवन तथा साधारण सदस्यहरु परिवारसहित उपस्थित थिए ।

तीन चरणमा विभाजन गरी महासचिव प्रकाश रावतले संचालन गरेको साधारणसभा तथा चौथो महाअधिबेशनको आरम्भमा एसोसिएसनका दिवङ्गत स्वर्गीय निरबहादुर राई र स्वर्गीय जित पुनको सम्झनामा दुई मिनेट मौन धारण गरेको थियो । पहिलो चरणको बार्षिक साधारणसभामा अध्यक्ष बसन्त गुरुङले स्वागत मन्तब्य राखेपछि महासचिब प्रकाश रावतले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति विवरण र कोषाध्यक्ष गञ्ज तामाङले आर्थिक प्रतिबेदन निर्णयार्थ प्रस्तुत गरेर सर्बसम्मतिबाट अनुमोदन गरेका थिए ।

यसैगरी साधारणसभामा पूर्वअध्यक्ष मेजर भलामान राई र अध्यक्ष बसन्त गुरुङले निर्णयार्थ प्रस्तुत गरेको संस्थाको नयाँ बिधानबारे छलफल गरी केही परिमार्जनसहित सर्बसम्मतिबाट पारित तथा अनुमोदन गरिएको थियो ।

सौहाद्रपूर्ण रुपमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले एसोसिएसनको सर्बोपरि हित र भावी कार्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्म भइरहेका कामहरुमा खुशी प्रकट गर्दै तेस्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।

पहिलो चरण कार्यक्रमको अन्तमा सदस्यहरुको बोल्ने समयमा उठेका केही बिषयहरुको बुँदागत छलफल र निर्णय गरेपछि अध्यक्ष बसन्त गुरुङले सभामा उपस्थित सबै सदस्यहरुलाई आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर तेस्रो कार्यसमितिको कार्यकाल तथा पदावधि समाप्त भएको घोषणा गरेका थिए।

अध्यक्षमा बसन्त
वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनको दोस्रो चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युके चौथो कार्य समिति निर्बाचन कार्यक्रम रहेको थियो। पूर्बअध्यक्ष मेजर भलमान राई, मेजर चित्रराज लिम्बु र पूर्ब रेजिमेन्टल सार्जन्ट मेजर शिवशरण गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले दोस्रो चरणको कार्यक्रममा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको निर्बाचन समिति २०१९ बाट प्रकाशित आचार संहिता र कार्यतालिका अनुरुप सम्पूर्ण निर्बाचन प्रक्रिया पूरा गरी सर्वसम्मतिबाट चौथो नयाँ कार्यसमिति गठनको परिणाम घोषणा गरेका थिए ।

निर्बाचन समितिको अध्यक्ष मेजर भलामान राईको अध्यक्षतामा निर्बाचन समितिका सचिब शिबशरण गुरुङले संचालन गरेको निर्बाचन समिति र चौथो महाअधिबेसनमा सर्बसम्मतिबाट बसन्त गुरुङको नेतृत्वमा रहेको तेस्रो कार्यसमितिलाईनै पुनः तीन वर्षको एक कार्यकाल थपेर क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको चौथो कार्य समितिको गठन गरेको छ।

चौथो कार्य समितिमा उपाध्यक्षमा लेप्टेनेन्ट मेख बहादुर गुरुङ, महासचिबमा प्रकाश रावत, सचिबमा किरण गुरुङ, कोषाध्यक्षमा गन्ज तामाङ, सह कोषाध्यक्षमा नारायण गुरुङ, मिडिया तथा जनसम्पर्क अधिकारीमा मुकेस राई र क्षेत्रीय प्रतिनिधिमा मित्र बहादुर गुरुङ पुनः निर्बाचित भएका छन्।

निर्बाचनको परिणाम घोषणापश्चान निर्वाचन समितिका सचिब शिवशरण गुरुङले चौथो कार्य समिति निर्बाचन २०१९ कार्यक्रममा उत्साहजनकरुपमा सहभागी बन्दै क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको निर्बाचन २०१९ भव्य सफल बनाई दिएकोमा अभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए ।

यसैगरी पूर्बअध्यक्ष तथा निर्बाचन समितिका अध्यक्षद्वय मेजर भलामान राई र मेजर चित्रराज लिम्बु एमभओ एमबिईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा क्युओजिएलआर एक्स सर्भिसमेन्स एसोसिएसन युकेको बार्षिक भेटघाट तथा क्युओजिएलआर ६१औ जन्म दिवस सेलेब्रेसन कार्यक्रम रहेको थियो ।

चौथो महाअधिबेसनको साधारणसभापछि भव्यताकासाथ सम्पन्न वार्षिक भेटघाट कार्यक्रम एसोसिएसनको सदस्यहरु तथा परिवारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा रेजिमेन्टका बहालवाला कमान्डर क्युओजिएलआर लेप्टनेन्ट कर्णेल वेष्ट, गोर्खा मेजर मेजर चक्रबहादुर क्षेत्री र रेजिमेन्टल सार्जन मेजर प्रकाश गुरुङ विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।

यसैगरी रेजिमेन्टल एसोसिएसनबाट पनि रेजिमेन्टका पूर्वकमान्डरहरु तथा अफिसरहरुमा लेप्टेनेन्ट कर्णेल ब्रिजर ओबिई, लेप्टेनेन्ट कर्णेल गिलहाम, लेप्टेनेन्ट कर्णेल मेकालिष्टर र लेप्टेनेन्ट ग्रिन अतिथिको रुपमा उपस्थित थिए। सबै अतिथिहरुलाई एसोसिएसनका अध्यक्ष बसन्त गुरुङ, उपाध्यक्ष लेप्टेनेन्ट मेख बहादुर गुरुङ र महासचिब प्रकाश रावतले खादा लगाई कार्यक्रममा हार्दिक स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published.