दिशा र टाइगरको ब्रेकअप
एजेन्सी । अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफको तीन वर्ष पुरानो रिलेसनसिप टुंगिएको छ । पटानी र टाइगर फिल्म ‘बागी’को की सुटिङको बेला नजिकिएका थिए । त्यसपछि सँगै जिम जान सुरु गरेका थिए । ती दुवै केही साता अघिसम्म रेस्टुरेन्टमा डिनरमा देखिएका थिए ।
उनीहरूको रिलेसनसिप ब्रेक भए मित्रता कायमै रहने बताइएको छ । उनीहरूको ब्रेकअपमा आदित्य ठाकरेको नाम जोडिएको छ । खबरअनुसार ठाकरे र दिशा पटानी केही दिनयता नजिकिएका थिए । पटानी र ठाकरेको संयुक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पटानी सन् २०१३ मा इन्दौरमा ‘फेमिना मिस इन्डिया’ को उपविजेता पनि भएकी थिइन् । उनले ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्ममै उनले आफ्नो अभिनयको जादुले दर्शकको मनमा छाउन सफल भएकी थिइन् ।