सुमन रावलाई ‘मिस इन्डिया’को उपाधि

एजेन्सी । भारत राजस्थानकी २० वर्षीय सुमन रावले मिस भारतको उपाधि जितेकी छन् । बिहान सम्पन्न फाइनल राउण्डमा उनी सन् २०१९ को मिस वल्र्ड भारतको उपाधि जित्न सफल भइन । उनको जन्म २३ नोभेम्बर सन् १९९८मा भएको थियो ।

सुमनले गएको अप्रिल महिनामा मात्र फिनिसा मिस इन्डिया राजस्थान सन् २०१९ को उपाधि जित्न सफल भएकी थिइन । उनले डिसेम्बरमा थाइल्याण्डमा हुने मिस वल्र्ड सन् २०१९मा भारतको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् ।

Leave a Reply

Your email address will not be published.