एसियाली फुटबलको पावर हाउस जापान विश्वकपबाट बाहिरियो,नेदरल्याण्ड बिजयी
एजेन्सी । नेदरल्याण्डसँग पराजित हुँदै जापान महिला विश्वकपबाट बाहिरिएको छ ।
एसियाली फुटबलको पावर हाउस मानिने जापान नेदरल्याण्डसँग २–१ गोल अन्तरले पराजित विश्वकपबाट बाहिरिएको हो ।
खेलको १७ औं मिनेटमा नेदरल्याण्डले अग्रता लिएको थियो । ४३ औं मिनेटमा जापानले गोल फर्काएको थियो ।
तर, खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै नेदरल्याण्डले २–१ को जित निकाल्न सफल भयो । नेदरल्याण्ड अन्तिम ८ मा पुगेको छ । नेदरल्याण्डले सेमिफाईनल प्रवेशका लागि ईटालीसँग भिड्ने छ ।