तिब्बत फर्कन चाहान्छु – दलाई लामा

सन् १९५८ मा चीनले आफ्ना  सेना पठाइएर तिब्बत कब्जा गरीसकेपछि दलाई लामा  भागेर भारत पुगेका थिए ।

एजेन्सि –    दलाई लामालाई बौद्व धर्मालम्बिहरुले भगवानकै रुपमा मान्दै आएका छन् । दलाई  लामालाई भगवान बुद्वको अवतारका रुपमा सम्मान गरिन्छ । हाल सम्म १४ वटा दलाई   लामाहरुले आध्यात्मिक रुपमा शासन गरीसकेका छन् । हालका दलाई लामा १४ औ हुन् , उनी ८४  वर्षमा पुग्दै छन् । संसार भरी दलाई लामालाई भिक्षु भनिन्छ , भिक्षुका लाखौ समर्थकहरु छन् । दलाई लामाका धेरै प्रेरणात्मक उद्धरणहरू हामीले अनुसरण गरीरहेका छौ ।

तिब्बतमा बस्दै आएका दलाई लामाहरु चीन संगको युद्वका कारण भारत सरेका थिए । दलाई लामा हाल भारतको  हिमांचल प्रदेशको एक धर्मशालामा बसिरहेका छन् । संसार भरी दलाई लामालाई महामानवका रुपमा उच्च सम्मान गरीन्छ ।  दलाई लामा संग सामान्य मानिसहरु भन्दा भिन्दै अलौकिक शक्ति भएको  विश्वास गरिन्छ । सन् १९५८ मा चीनले आफ्ना  सेनामा पठाएर तिब्बत कब्जा गरीसकेपछि दलाई लामा  भागेर भारत पुगेका थिए । दलाई लामाले करिब ६ दश देखि भारतमा शरण लगिरहेका छन् । उनको साथमा १० हजार भन्दा बढि भिक्षुहरु छन् ।

दलाई लामाले हालसालै एक अन्तर्वार्तमा तिब्बत फर्कने इच्छा जाहेर गरेका छन् । तिब्बतिहरुले आफूलाई असाध्यै विश्वास गर्ने गरेको बताएका छ्न् । लामाले  तिब्बतीहरुले आफूलाई धेरै पटक फर्कन आग्रह गरीरहेको  समेत बताएका छन् ।दलाई लामाका प्रतिनिधि र चीन बीच वार्ता  नभएको लामै समय भैसकेको छ ।  चीनका राष्ट्रपति सि जिन पिंगले दलाई लामा  संग भेटवार्ताका लागी आग्रह गरेका छैनन् ।

पछिल्लो दशकमा दलाई लामाले सेवानिवृत्त भैसकेका चीनीया अधिकारीहरु संग भेटघाट गरेका छन् ।पुर्व अमेरीकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले दलाई लामालाई गोल्ड मेडलले सम्मान गरेका थिए भने बाराक ओबमाले बिभिन्न कार्यक्रमहरुमा भेटेका थिए , ओबामा पदमुक्त भैसकेपछि पनि  सन् २०१७ मा दिल्लिमा दलाई लामा संग भेटवार्ता भएको थियो ।

दलाई लामाले वर्तमान अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नैतिकता नभएको बताएका छन् , ट्रम्पको “अमेरीका पहिलो” निति गलत भएको समेत उनले बताएका छन् । लामाको  अमेरीकाले आफ्नो देशको मात्र नभएर विश्वकै जिम्मा लिनुपर्ने बुझाइ रहेको छ ।

दलाई लामाले  युरोपेली देशहरूलाई शरणार्थीहरू लिएर  तिनीहरूलाई शिक्षा र प्रशिक्षण दिन आग्रह गरेका छन् । लामाले उचित शिक्षा र प्रशिक्षण प्रात्प भएपछि शरणार्थीहरू आफ्नो देश फर्कने  विश्वास ब्यक्त गरेका छन् ।

भरतमा आफूलाई स्वतन्त्रता प्रदान गरेका कारण बस्न सहज भएको भएको उनले बताएका छन् । दलाई लामाले संसारलाई शान्ति र सत्यको बाटोमा जान प्रेरित गरेकै कारण हामी सबैले सम्मान गर्छौ ।

Leave a Reply

Your email address will not be published.