सुनको मूल्य पाँच सय घट्यो, तोलाको ६५ हजारमा कारोबार

काठमाडौं । अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो । मंगलबार सुनको मूल्य ६५ हजार पाँच सय रुपैयाँ थियो । यो मूल्य नेपाली सुन बजारमा हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुनको मूल्य घटेको महासङ्घले जनाएको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा सुनको मूल्य तय गरिन्छ ।

Leave a Reply

Your email address will not be published.