धरानबासीकै कारण डेंगु नियन्त्रणमा समस्या

सुनसरी । सुनसरीको धरानमा बैशाख ३१ गते देखि देखिएको डेंगु नियन्त्रण उन्मुख भएपनि फेरि संक्रमण बढ्न थालेको छ । डेंगु नियन्त्रण अभियानले गर्दा केही दिन अघि दैनिक डेंगु पोजेटिभको संख्या ९ जना सम्ममा झरेको थियो ।

तर पछिल्लो समय धरानमा दैनिक ४० भन्दा बढीमा डेंगु पोजेटिभको संख्या देखिन थालेकोले यो नियन्त्रण होईन झन बढन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।

धरान उपमहानगरपालिकाको तथ्याङक अनुसार धरानमा डेंगु संक्रमितको संख्या ८ सयको हाराहारीमा पुगेको छ । यो तथ्याङक र अस्पतालले दिने तथ्याङकमा फरक देखिन्छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धरानमा रहेको विजयपुर हस्पिटलमा उपचारका लागि आएका डेंगु संक्रमितको संख्या हजार कटेको छ ।

धरानमा डेंगु नियन्त्रण उन्मुख भएको दावी गरिएको भए पनि अहिले भने धरानका विभिन्न वडामा घर भित्र प्लाष्टिकको गमला, प्लाष्टिकका बोटल लगायतमा जमेको पानीमा अत्यधिक लार्भा भेटिएको धरान उपमहानगरपालिको स्वास्थ्य शाखाले जनाएको छ ।

जनचेतनाका लागि विभिन्न कार्यक्रम भएपनि धरानमा बसोवास गर्ने धरानबासीले नबुझेका कारण धरानमा डेंगु नियन्त्रण हुन नसकेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

दैनिक डेंगु नियन्त्रणका लागि धरानमा अभियान चलाए पनि घर भित्र र घर वरीपरि धरानबासीले पानी जमाउने जस्ता कार्य गर्नाले डेंगु नियन्त्रणमा चुनौती देखिएको छ । अझ दैनिक पानी पर्ने र घाम लाग्ने भएकोले धरानमा अव डेंगु नियन्त्रण चुनौती बनेको छ ।

यसले गर्दा धरानमा डेंगु नियन्त्रणका लागि पहिले धरान बासी आफै लाग्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यस्तै अवस्था रहीरहे धरानमा डेंगुको ठुलो महामारी फैलन सक्ने विज्ञहरुको भनाई छ ।

धरानमा फैलिदै गएको डेंगु नियन्त्रणका लागि संघिय सरकार र प्रदेश सरकारबाट विषेश पहल कदमी भए पनि यसले खासै प्रभाव नपु¥याएको बताईन्छ । एक हप्तामा धरानमा डेंगु संक्रमणदर सुन्यमा झार्नै घोषणा घोषणामै मात्र सिमित रहयो भने दैनिक ९ बाट बढेर डेंगु संक्रमण दर ४० बढी हुन थालेकोले धरानमा अझ डेंगुको प्रकोप बढने सक्ने चिकित्सकहरुले बताएका छन् ।

धरानमा डेंगुकै कारण होटल व्यावसायीमा ठुलो समस्या सृर्जना भएको छ भने एक महिना देखि होटलमा बस्न आउन ग्राहक छोडेको होटल व्यावसायीहरु बताउछन् । धरानको डेंगुको प्रकोपको बारेमा बेलैमा सजगता अपनाईएन भने भोले यसले ठुलो समस्या हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.