बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटीको प्रष्टीकरण : क्षतिपूर्ति रकम लिएको छैन

झापा । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सरकारले दिएको क्षतिपूर्ति रकम नलिएको बताएका छन् ।

गत कात्तिकमा अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर प्रदर्शनका क्रममा प्रमुख शिवाकोटीको घर, गाडी र मोटरसाइकलमा क्षति पुगेको थियो । उक्त क्षतिबारे गृह मन्त्रालयद्वारा गठित समितिको सिफारिसमा ३० लाख क्षतिपूर्ति दिने निर्णय भएको थियो ।

उक्त निर्णय तीन महिनाअघि नै भए पनि लिन अनिच्छुक भएकाले हालसम्म नलिएको प्रमुख शिवाकोटीले पत्रकार सम्मेलन गरेर बताएका छन् । नलिएको रकम लिएको भनी सञ्चारमाध्यमा समाचार प्रकाशन गरी भ्रम फैलाएको भनी उनले आपत्ति समेत जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी र नगर समितिको परामर्शमा जानकारी कार्यक्रम गरिएको  नेकपा बिर्तामोड नगरका इन्चार्ज युवराज दाहालले बताए ।  

Leave a Reply

Your email address will not be published.