अमेरिकाको नेपालसँग गुनासो : इण्डोप्यिासिफिकको गलत व्याख्या भयो
काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासले आफ्नो मुलुकको इण्डो प्यासेफिक रणनीतिबारे नेपालमा गलत ब्याख्या भएको गुनासो गरेको छ ।
अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक मामला प्रमुख क्लिनटन एस ब्राउनले इण्डो प्यासेफिक रणनीतिलाई डरलाग्दो अर्थमा बुझिएकोमा आश्चर्य प्रकट गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा उनले इण्डोप्यासेफिक रणनीति दक्षिण एसिया स्वतन्त्र, खुल्ला र स्थिर रहोस् भन्ने दोस्रो विश्वयुद्ध पछिको अमेरीकी चाहनाको उपज भएको बताए ।
इण्डो प्यासेफिक नीति वा रणनीतिमा आउनै पर्छ वा पर्दैन भन्ने भन्दा पनि सत्तरी वर्षदेखि नेपाललाई अमेरिकाले गरिरहेको सहयोगको निरन्तरताका रुपमा मात्रै यसलाई बुझ्न उनले आग्रह गरेका छन् ।