साहित्यकार अपर्णा प्रधानको अँगेजी, नेपाली र नेपालभाषाका चार कृति विमोचित

साहित्यमा महिला वा पुरुषमा कुनै भिन्नता गर्न नहुनेमा वाङमय शताव्दि पुरुष सत्यमोहन जोशीले बल दिनुभएको छ । साथै शरीरले साथ दिएसम्म आफ्नो कृति र सृजनालाइ निरन्तरता दिन आग्रह गर्नुभएको छ । साहित्यकार अपर्णा प्रधानको चार वटा कृति विमोचन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित जोशीले प्रकाशक कुतः पिकाकलाई विशेष धन्यवाद दिंदै प्रकाशककै प्रेरणाले लेखकलाई हौसला मिलेको बताउनु भयो ।

अतिथिका रुपमा उपस्थित नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वा, नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश, भक्तपुर विकास सहयोग संघका निवर्तमान अध्यक्ष कृष्णलाल प्रधान र प्रमुख अतिथि जोशीले चार पुस्तकको विमोचन गर्नुभएको थियो । प्रधानका जि भम्चा कतांमरि(नेपालभाषा), म र मेरो समय(नेपाली), Time of my life(अँग्रेजी), झीगु साहित्यय् मथुरा साय्मि(नेपालभाषा) गरी चार पुस्तक आज विमोचन भएका छन ।

विमाचित पुस्तकका बारेमा साहित्यकार मथुरा साय्मि, समालोचक पुर्ण ताम्राकार, यज्ञरत्न धाख्वा, नेपालभाषा केन्द्रिय विभागका पुर्व अध्यक्ष डा. सुन्दर कृष्ण जोशी, कथाकार हितकरवीरसिंह कंसाकार, कृष्णलाल प्रधान आदिले लेखक र कृतिको बारेमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.