नेपालभाषा स्टार म्युजिक भिडिओ अवार्ड 2019 हुने

नेपालभाषाको पहिलो र सबैभन्दा धेरै विधाहरुमा अवार्ड वितरण गरिने नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ काे घाेषणा भएको छ । स्वतन्त्र संसार महर्जनको संसार क्रियशनको आयोजनामा यो अवार्ड हुन लागेको हो। यस अवार्ड कार्यक्रमको फस्ट लूक साथै म्युजिक भिडियो अवार्डमा सहभागिता जनाउनेहरुलाई प्रमाण–पत्र वितरण भएकाे छ । कार्यक्रम प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ फोटो पत्रकार राजभाइ सुवाल, ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको विशेष आतिथ्यता रहेको थियो। अवार्ड कार्यक्रम मंसीर महिनामा हुने भएको छ।

Leave a Reply

Your email address will not be published.