रुप ज्योतीलाई तुरुन्त रिहा गर्न माग सहित माइतिघर मण्डलामा धर्ना
उद्योगी एवं पूर्वमन्त्री रुपज्योती कंसाकारलाई कानुन विपरित पक्राउ गरेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
उदाय् समाजको आयोजनामा असनबाट जुलुस प्रदर्शन भएको थियो । माइतीघर मण्डला पुगेको जुलुस धर्ना कार्यक्रममा परिनत भएको थियो । ज्योतीलाई तत्काल रिहा गर्न उनीहरुले माग राखेका थिए ।
ठगी मुद्दामा प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको थियो । अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ ।