‘मिस्टर एण्ड मिस नेवाः नेपाल ११४०’ हुने

मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० यहि पुषकाे ५ गते हुने भएको छ ।
मातृ भाषा नेपालभाषाकाे संरक्षणका लागि याे प्रतियाेगिता हुन लागेकाे आयाेजक हेप्पी इन्टरटेन्मेन्ट एण्ड फेसन हाउसकी सिइओ दीया श्रेष्ठले जानकारी दिनुभयो ।

एकै स्टेजमा पुरुष महिला बीच प्रतियाेगिता हुने यस नाैलाे प्याजेन्टमा बिजेतालाई तीस हजार, फस्ट रनरअपलाई बीसहजार र सेकेन्ड रनरअपलाई दशहजार रुपियाँ पुरस्कार घाेषणा गरिएकाे छ । त्यसमा मिस नेवाः लाइ चाँदीको ताज र मिस्तर नेवाः लाइ चाँदिकाे खुकुरी प्रदान गरिनेछ ।

१६ वर्ष देखि ३० वर्ष उमेर समूहका बिच हुने प्रतियाेगितामा काठमाडौं, ललितपुर र भक्तपुरमा अडिसन हुने श्रेष्ठले जानकारी दिनुभयाे ।

Diya Shrestha

Leave a Reply

Your email address will not be published.