किलाघ: महोत्सव तथा भिन्तुना सनिल: ११४० हुने

कछालागा द्दितिया २८ बिहिवार

काठमाडौं ,
१८ वडा को आयोजनामा कार्तिक ३० गते  “भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव” को आयोजना हुने भएको छ ।.  

भिजिट नेपाल २०२० लाइ लक्षित गरि गरिने उक्त महत्सवमा वडा भरिकै मुर्त र अमुर्त सम्पदा प्रदर्शन गरिने १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार बिगतका बर्षहरुमा पनि यस्तो खालको कार्येक्रम गर्दै आएको र पहिलो बर्ष न्यतपाचो तथा दोश्रो बर्ष भुरुङ्गखेल र यो बर्ष किलागलमा हुने जानकारी पत्रकार सम्मेलन गरि गराउनु भयो ।
वडा भवनमा भएको उक्त सम्मेलनमा, वडा सदस्य हेम शाक्य तथा हिरा शोभा महर्जनको उपस्थित थियो।

Leave a Reply

Your email address will not be published.