इमेज च्यानलका सुरजवीर बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबुका नयाँ अध्यक्ष
नेवाः पत्रकारहरुकाे राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूकाे तेस्राे महाअधिबेशनले सर्वसम्मतिमा केन्द्रिय समितिकाे चयन गरेकाे छ । जसअनुसार सुरज वीर बज्राचार्य अध्यक्ष, नृपेन्द्रलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, रचना श्रेष्ठ र सन्दिप श्रेष्ठ उपाध्यक्ष हुन सफल हुनुभएकाे छ ।
त्यसैगरी महासचिवमा सुनील महर्जन र सचिवमा केके मानन्धर चयन हुनुभएकाे छ । यता सहसचिवमा भने शुभ अभियान अनलाइनका अध्यक्ष प्रेरणा शाक्य सहसचिवमा सर्वसम्मति चयन हुनुभयाे भने बाेधि टेलिभिजनका राजु नापितपनि सहसचिव मै चयन हुनुभएकाे छ । यता काेषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ हुनुभएकाे छ भने बाबुकाजी साछेँ श्रेष्ठ काेषाध्यक्ष हुनुभएकाे छ । सदस्यमा भने नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विराजकाजि राजोपाध्याय, प्रजीत शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, विगेन तुलाधर, श्याम तण्डुकारपिं, हसना लवजु, रुबि श्रेष्ठ, सुनीता महर्जन, मीना वज्राचार्य, अनिता डंगोल र नीशा श्रेष्ठ चयन हुनुभयाे ।
निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन सल्लाहकारमा बस्नुभएकाे छ ।
आफ्नाे कार्ययाेजना सार्वजनिक गर्दै नव निर्वाचित अध्यक्ष बज्राचार्यले आफूले जिल्लाका नेवाः पत्रकारहरुलाइ समेत्ने बताउनुभएकाे छ ।