भव्य समारोहमा सम्बन्ध सुत्र पुस्तक सार्वजनिक

नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने बाताबरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह लोकार्पण भएकाे छ ।

१७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ । पूर्वाञ्चल हाइकु सङ्घबाट प्रकाशित भएको उक्त पुस्तकमा १,५७२ वटा हाइकुहरू समावेश रहेको छ । बेलबारी नगरपालिकाको तर्फबाट र ढाका पराजुली बेलबारी नगरपालिका उपप्रमुखबाट साहित्य र संस्कृति प्रति यसरी पुस्तक प्रकाशित भएकोमा पुस्तकको भूमिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि, गीतकार, साहित्यकार, गायक एवं हाइकुकार सुरेन्द्र महर्जन”अमर” लगायत समारोहमा पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली, वरिष्ठ साहित्यकार मिश्र वैजयन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पून्यप्रसाद खरेलबाट सार्गर्भित मन्तव्य सहित हाइकु बाचन गर्नु भयो । कार्यक्रम संचालन हेमसागर पोखरेलले गरेको थियो भने हाइकु बाचन ईरान राई, सुमी लोहनी, जे बि. थुलुङ्ग, डा. लोकराज पराजुली, डा. चूडा ढकाल, प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, रेखा सुवेदी, रामप्रकाश अर्याल ”अविराम”, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, भीम कुमारी राई, लगायत पुस्तकमा समावेश हाइकुकारहरूबाट हाइकु वाचन गरिएको थियो । कार्यक्रम तिला लेकालीको सभापतित्वमा संचालन भएको थियो । ११६ जना हाइकुकारहरूको रचना सार्वजनिक उक्त ”सम्बन्ध सुत्र” (हाइकु सङ्ग्रह) पुस्तकभित्र रहेको छ ।

Leave a Reply

Your email address will not be published.