लुतिमरु अजिमा इन्द्रायणीकाे जात्रा समापन
बालाचतुर्दशीका अवसरमा लुतिमरु अजिमा अर्थात् इन्द्रायणी माताको जात्र भएकाे छ । राति हुने उक्त जात्रमा इन्द्रायणी, भुड़े गणेश, स्वाँछपु गणेश, ज्वाला माइ लगायत ७ खत जात्रा हुन्छन् । राति जात्रा गरेर खतलाइ ठहिटीमा राखिन्छ । चतुर्दशीकाे बिहान बिभिन्न ठाउँबाट भक्तजनहरु आएर दर्शन गर्दछन । त्यस्तै औंशीको दिन दिउँसो सबै देउताकाे खतलाइ ठहिँटी बाट जात्रा गरेर टोलटोलमा लगिन्छ । औंशी राति नै जात्रा समापन भएकाे छ ।