आज विजाेर सवारी मात्र
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन आज विजोर प्रणाली लागू हुंदै छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका गाडीमात्र चलाउन अनुरोध गर्नुभएकाे छ ।
१३ औं दक्षिण एसियाली खेलकुद साग को समयमा पुराना गाडी नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन गर्न यस्ताे गरेकाे बताएकाे छ ।