नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डकाे टपटेनलाइ प्रमाणपत्र

नेपालभाषामा पहिलाे पटक हुन लागेकाे अवार्ड नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डकाे मनाेनयनमा पर्न सफल कलाकारलाइ प्रमाण पत्र दिइएकाे छ । सर्वाधिक बिधामा पुरस्कार दिइने अवार्डको २१ विधाको टप–टेन घाेषणा साथै प्रमाण–पत्र र मेडल दिने कार्य शुक्रवार भएको छ ।

ललितपुरको बेखाज पार्टी भेन्युमा आयोजित एक कार्यक्रममा २ सय १० जना कलाकर्मीहरुलाइ प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको थियाे ।

५७ वटा नेपालभाषाका म्युजिक भिडियो समावेश गरिएकाे अवार्डमा टप–टेन मनाेनयन सार्वजनिक गरिएकाे आयाेजक
संसार क्रियसनका प्रमुख स्वतन्त्र संसार महर्जनले जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published.