सागमा नेपाललाई कराँतेमा पहिलो स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले कराँतेमा पहिलो स्वर्ण जितेको छ । मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्दै पुरूष एकल कातामा स्वर्ण जितेका हुन् ।
मण्डेकाजीकाे २५.७२ अंक हुँदा पाकिस्तानी खेलाडी २४.९२ अंकमा समेतिएका थिए ।
यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।