नेपाल लिपि प्रतियोगिता सम्पन्न
थिलाथ्वो ,बुदवार मंसिर १८ ,गते
नेपालभाषा को माध्यम बाट पठन पाठन हुने पहिलो बिद्यालय जगत सुन्दर ब्वोने कुथि मा,वि , ले बिगत देखि अहिलेसम्म आ फ्नै मातृभाषामा पठन पाठन गर्न चाहने बिद्यार्थी हरुको लागि एक अवसर जुताइदियेको छ ।
यसका अलावा यस बिद्यालय ले अतिरिक्त क्रिया कलापहरु पनि गर्दै आइरहेको छ ।
सोहि क्रममा आज यस ब्वोनेकुथि ले नेपाल लिपि प्रतियोगिताको आयोजना गरेको छ , जम्मा १० बिद्यालयका ३३ छात्र छात्रा ले भाग लिएकोमा प्रथम हिमालय मा वि का सुमन कृष्ण महर्जन तेस्तैगरि द्दितीय जगत सुन्दर ब्वोनेकुथि का कृति नकर्मी तथा तृतीय किरण मगर प्रभात मा वि का हुन् सफल भयका छन् ।
प्रथम , द्दितीय र तृतीय हुने छात्र लाइ प्रमाण पत्र नगद तथा ट्रफी बितरण गरियको थियो भने सो प्रतियोगितामा भाग लिने छात्रछात्रा हरुलाई प्रमाण पत्र वितरण गरियको थियो ।
क्रार्यक्रम मा स्वागत मन्तब्य सोहि बिद्यालयका प्रिन्सिपल सुनिता मानन्धरले दिनु भयको थियो उहाको अनुसार “दोश्रो पटक गरेको यो प्रतियोगिता सफल भकेकोमा खुशी ब्यक्त गर्दै यो सफलतामा आफ्नो मात्र हात नभई सबैको सहयोग रहेको” बताउनु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि काय बहादुर नेपाली , अतिथिहरु किरण केन रंजित ,उद्देन न्हुसायमि दाता धर्म देवी महर्जन थियो भने , निर्णायक मा नेपाल लिपि गुठीका उपाध्यक्ष्य अनिल स्थापित रहेको सो कार्यक्रमका संयोजक मनिराज मानन्धर रहेको छ ।