ज्यापु दिवसकाे भव्य समापन
१६ औं ज्यापु दिवस भव्यताका साथ सम्पन्न भएकाे छ । योमरी पूर्णिमाकाे दिन हिजाे ज्यापु दिवस मनाइएकाे थियाे । ज्यापु दिवसकै अवसर पारेर विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरि ज्यापु दिवस मनाइएकाे छ । यसै क्रममा विभिन्न श्रेत्रका व्यक्तित्वहरुलाइ सम्मान पनि गरिएकाे छ ।
गाेफः त्वाः माकः गल्लीबाट निकालिएकाे जुलुस बसन्तपुर पुगी समाराेहमा परिनत भएकाे थियाे । चामलको पिठो, खुवा र चाकुले बनेको यःमरी ट्रकमा लोड गरि पछि-पछि बाजागाजासहित ज्यापु समुदायका व्यक्तिहरु नगर क्षेत्र परिक्रमा गरेका थिए । नेवाः समुदाय भित्र किसान र आदिवासी जाति ज्यापु जाति हाे । नेवाः जनसख्यामा आधि जनसंख्या ज्यापु जातिकाे रहेकाे छ ।
ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष याेमरि पुर्णिमाकाे दिन ज्यापु दिवस मनाउँदै आइरहेकाे छ ।

