तेश्रो पुस्ताद्वारा पहिलो पुस्तालाइ सम्मान
वर्तमान परिवेश र नयाँ पिढीहरुमा बदलिदै गरेको समाजका परिवर्तन तथा संयुक्त परिवार प्रतिको अरुचि ,एकल परिवारको परिकल्पना तथा मोह ।
येसको परिणाम स्वोरुप पहिलो पुस्ता र दोश्रो पुस्ता अर्थात आमा -बुबा र छोरा -छोरी बाहेक तेश्रो पुस्ता अर्थात हजुर आमा -हजुर बुबा र नाति नातिनी सम्म पनि नचिन्ने गरेको आज भोलिको हाम्रो समाजमा येदा-कदा सुन्न पाइन्छ ।
येस्तै येस्तै समस्यालाई मध्यनजर गरि बिगत ३ वर्ष देखि मोर्डन नेवा; इङ्ग्लिश इस्कूलले बाजे -बजै र नाति -नातिनीको सम्बन्ध सुमधुर गर्ने हेतुले बाजे – बजै सम्मान कार्यक्रम अर्थात अजि -अजा हना ज्याझो; को आयोजना गरेको छ ।
नर्सरी कक्षामा अध्यन गर्दै गरेका -साना नानीहरुले आ -आफ्ना बाजे -बजैलाइ खादा वधाई ढोग गरी सम्मान ब्यक्त गरेको हो , यस्का साथै सो इस्कूलका प्रमूख दिपक तुलाधर र प्रिन्सिपल रीमा तुलाधरले हजुर बुबा – हजुर आमालाई उपहार प्रदान गरेको छ ।
येस अघि नानीहरुले नाच -गान गरेर बाजे -बजैहरुलाई मनोरंजन गरायको हो , बाजे -बजैहरुले पनि नाच -गान गरी नानीहरुको हौसला बढाई दियेको छ,कार्यक्रम को रौनक तथा थप मनोरन्जनका लागि बाजे- बजैहरुलाई खेल खेलाई जित्नेहरुलाई पुरुस्कृत पनि गरियको छ ।
मन्तब्यको क्रममा बाजे अमृत नारायण मानन्धरद्वारा सो इस्कूल ले गरेको काम को सहराना गर्नुका साथै इस्कूलका प्रमुख र प्रिन्सिपल लाइ धन्यबाद दिनु भयो , साथै उक्त इस्कूलामा आफ्नो नातिलाई पढाउन पाउदा निकै गर्व महसुस गरेको बताउनु भयो ,उनका अनुसार सबैले आ – आफ्नो तर्फ़ बाट सो इस्कूलामा बिद्यार्थीहरु भर्ना गर्ने तथा अरु अभिभावकहरुलाई सो इस्कूलालाई सहयोग गर्ने बताउनु भयो ।
अन्तमा प्रिन्सिपल बाट कार्यक्रममा आयर हौसला दिनुभायाकोमा धन्यबाद दिनु भयो ,धन्यबाद मन्तब्यकै क्रममा इस्कूलाला प्रमुख दिपक तुलाधरबाटसो इस्कूल र आफुहरुलाई बिस्वास गरी बच्चाहरु पढाइ दिएकोमा आभार प्रकट गर्नु भएको छ ।