योमरी पुन्हिको उपलक्ष्यमा त्योछित्यो कार्यक्रम

ओन्डे ल्यायेम्ह पुचःको त्यःछिंत्यः
गए शुक्रबार काठमाडौंको ओन्डे टोलको आयोजनामा त्यःछिंत्यः कार्यक्रम सम्पन्न भयो । दशैमा देउसी खेले झै नेवाः समुदाय योमरि पुन्हिको अवसरमा योमरि माग्न त्यःछिंत्यः खेल्छन् । यसमा त्यछिंत्यःको आफ्नै भाका हुन्छ । साथै विभिन्न सांगीतिक कार्यक्रम गरिन्छ । काठमाडौंको टेकुमा रहेको वन्डे टोल वडा १२मा पर्छ । ओन्दे ल्यायेम्ह पुचःको प्रस्तुति रहेको सो कार्यक्रममा भुतपुर्व राज्यमन्त्री तीर्थराम डंगोलको प्रमुख आतिथ्य थियो । परम्परागत ओन्दे त्वाः खलःका अध्यक्ष पुर्णमान महर्जनको सभापतित्व रहेको सो कार्यक्रममा नारायण परिवार क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्य, ज्यापु सँस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाःका अध्यक्ष राजभाई जकःमि, १३औं राष्ट्रिय ज्यापु दिवस संयोजक गोविन्द महर्जन, ज्यापु महागुथि नेपाःका महासचिव मचाराजा महर्जन, महिला बौद्ध समुहका अध्यक्ष श्रीमिला सुवाल, मिसा लिधंसा पुचःका अध्यक्ष गंगादेवी डंगोल आदिको आतिथ्य थियो । कार्यक्रममा सागका स्वर्ण विजेता १२ वडावासीलाई सम्मान गरिएको थियो । कराते ६८ केजी स्वर्ण पदक विजेता सुनिता महर्जन र जुडो ७८ केजी स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई सम्मान गरिएको थियो । जित्नुहुने दुवैजना तःननीका हुन । अमिना प्रजापति र रुवि डंगोलले संचालन गरेको कार्यक्रममा सांगितिक प्रस्तुति राखिएका थिए ।

Leave a Reply

Your email address will not be published.