श्रीस्वस्थानी व्रतकथा सुरु, साँखुमा माधवनारायण मेला सुरु
हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आज शुक्रबारबाट सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन श्रीस्वस्थानी व्रतकथा सुरु हुन्छ।
एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।
त्यसैगरि काठमाडौंको साँखुस्थित शालीनदीमा आजैबाट मेला सुरु भएको छ । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिले जनाएको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।