प्रदेश ३ को नाम बागमती सर्वसम्मत्तिमै घोषणा
प्रदेश ३ को नाम सर्वसम्मत्तीमा बागमती कायम भएको छ । प्रदेश ३ संसदका सभामुख सानु कुमार श्रेष्ठले सर्वसम्मत्तीमै बागमती नामांकन भएको घोषणा गर्नुभयो । ११० कुल सांसद रहेको प्रदेश ३को आज आइतबारको बैठकमा १०८ सांसदले प्रदेश नामांकन निर्वाचनमा भाग लिएका थिए । जसमा बागमतीको पक्षमा १०८ मत खसेको छ । यसै साथ प्रदेशको नाम बागमती सर्वसम्मत्तीमा नामांकन भएको हो ।
त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडा घोषणा भएको छ । हेटौंडाको पक्षमा १०५ मत परेको थियो ।