न्हापागु पला ५ औ वर्षमा प्रवेश

न्हापांगु पलाःकाे ५ फरक विधाका स्रस्टा र संस्थालाई सम्मान
११ माघ, केके मानन्धर

जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएकाे ‘न्हापांगु पला:’ संस्थाले पाँचौं वर्ष प्रवेशकाे सन्दर्भमा फरक विधामा याेगदान दिएका स्रस्टा तथा संस्थालाई सम्मान गरेकाे छ । शनिबार काठमाडौंकाे मरू हिटी बैंक्वेटमा सम्पन्न कार्यक्रममा संस्थागतसहित पाँच जना व्यक्तित्वलाई दाेसला आेडाएर सम्मान गरेकाे हाे ।
कार्यक्रममा समाजसेवातर्फ डा. सुमित्रा मानन्धर गुरूङ, बाैद्ध विद्वान तीर्थरत्न शाक्य, पत्रकार शिल्भिया राजाेपाध्याय तथा रत्न महर्जन र संस्थागततर्फ यटखास्थित मातृ सशक्तीकरण समूहलाई सम्मानित गरेकाे छ ।
सम्मान कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जीवित इतिहासकाे रूपमा रहेका आमाबुवालाई नयाँ पुस्ताले हेरबिचार गर्नुपर्ने बताए । घरभित्रै कारणवश एक्लाे महसुुस गरिरहेका जेष्ठ नागरिकलाई दैनिक रूपमा डे कियर सञ्चालन गरेकाेप्रति शिला साय्‌मि तथा न्हापांगु पलाः संस्थालाई धन्यवाद दिए । मेयर शाक्यले नगरपालिकाले पनि याे क्षेत्रमा काम गर्न चाहेकाे बताउँदै सहकार्य गर्न तयार रहेकाे संकेत गरे ।
संस्थाले पाँच वर्ष यतादेखि निरन्तर रूपमा काठमाडौंका जेष्ठ नागरिकहरूलाई डे कियर सेवा दिँदै आएकाे छ । व्यस्त दैनिकीसँगै दिनभर छाेरा बुहारीकाे जागिर र बच्चाबच्ची स्कूल जानुपर्ने भएर एक्लाे महशुस गर्दैआएका बाजेबज्यैहरूलाई संस्थाले सेवा दिँदैआएकाे छ । एकै ठाउँमा भेला गराएर भलाकुसारी गराउने, उत्तरार्ध जीवन उपयाेगी प्रवचन सुनाउनेदेखि स्वास्थ्य सम्बन्धीकाे सेवा प्रदान गर्दै आएकाे छ । ‘ज्याथःजिथि मुनाः झी निभाः पाना’ अर्थात जेष्ठ नागरिक हामी भेला भएर घाम तापाैँ भन्ने नारा दिएर संस्थाले अनवरत रूपमा मानव सेवाभावले काम गर्दै आएकाे छ ।
न्हापांगु पलाः नेवाः मिसा पुचःको कार्यक्रममा प्रदेश नं. ३ का सांसद मान्य राजेश शाक्य, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धर, २० वडाका वडाध्यक्ष लगायत विभिन्न सञ्चार गृहका पत्रकारदेखि जेष्ठ नागरिक आमाबुवाहरूकाे सहभागिता थियाे ।

Leave a Reply

Your email address will not be published.