बाैद्ध कथामा आधारित चलचित्र घाेषक अन्तिम चरणमा
नेपालभाषाकाे नयाँ चलचित्र घाेषककाे अन्तिम तयारी हुँदैछ । सुटिंग समापन पश्चात डबिंगकाे काम धमाधम भइरहेकाे चलचित्रका निर्देशक अमृत चन्द्र श्रेष्ठले बताउनुभयाे । बुद्धकालिन पारिवारिक विषयवस्तुमा आधारित घाेषक छिट्टै दर्शक माझ आउने निर्माता प्रेमा शाक्यकाे भनाइ रहेकाे छ । धर्मरत्न शाक्यकाे कथा तथा दर्शनवीर शाक्यकाे गीत रहेकाे यस चलचित्रमा किशाेर चिपालु र अञ्जली शाक्यकाे मुख्य भुमिका रहेकाेछ । चिपालु यस चलचित्रमा मुख्य पात्र घाेषककाे रुपमा देखिनेछन् । अञ्जलीकाे भने याे पहिलाे चलचित्र हाे ।

