रक्तदान जीवनदान
नेपाल स्वयंसेवी रक्तदाता समाज २० नं. वडा नगर कमितिको आयोजनामा आज चिकँमू: त्वा: डवलीमा १४ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम भब्यताका साथ सप्पन्न भएको छ! उक्त मानवीय कार्यक्रममा जम्मा ५८ जनाले रक्तदान गरेको छ! पुरुष ३३ महिला २५ जना ले रक्तदान गरिएको हो! साथै यस् नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कमिटीले गत माघ १५ गते सोही आवसर पारेर हार्दिक होटेल बागबजारमा पुर्वप्रधानमन्त्री तथा नेकपा पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ज्यूको प्रमुख आतिथ्यतामा प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने नि:शुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो भन्नू भएको छ! आजको खुल्ला रक्तदान कार्यक्रममा यस् संस्थाका केन्द्रिय अध्यक्ष तथा शतक रक्तदाता श्री प्रेमसागर कर्माचार्य ज्युको विशेष उपस्थित रहेको थियो! प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्नो १८ औं बर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने आजको कार्यक्रमको मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ!