मातृभाषामा SEE परिक्षा दिने बिद्यार्थी सम्मानित

मातृभाषा नेपाल भाषाको माध्यमबाट पठन -पाठन हुने पहिलो बिद्यालय जगत सुन्दर बवोनेकूथीमा आज नेपाल भाषा बिषयमा SEE परिक्षा दिने आदर्श माध्यामिक बिद्यालय ठिमीका बिनिसा त्वायेना ,बबिता साही ,रुपेश त्वायेना रोशनी मानन्धर सज्जल नकर्मी तेस्तैगरि कन्यामन्दिर माध्यामिक बिद्यालयका सृजला महर्जन ,बिध्या कपाली र जगत सुन्दर ब्वानेकूथिका सुकुन्दा श्रेष्ठ ,सुमित रत्न सिन्धुराकर ,बिध्या खड्गी ,निकेश जोशी मेरी श्रेष्ठ ,सुदिन मुनी बज्राचार्य र गैर -नेवा : सबिर मगर गरि जम्मा १६ बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच लक्ष्मीनारायण -पुनामाया सिरपाबाट सम्मानित गरियको छ।
बिगतका वर्ष झैँ यो वर्ष पनि उक्त सिरपा (पुरुस्कार ) का दाता लक्ष्मीदास मानन्धर द्वारा नेपाल भाषामा SEE परिक्षा दिने बिद्यार्थीहरुलाई नगद राशी १००० तथा सम्मान -पत्रबाट सम्मानित गरिएको हो, त्यस्तैगरी p नेपाल भाषाबाट नै सबैभन्दा धेरै अंक ल्याउने जगत सुन्दर ब्वोनेकूथिका छात्राद्वय शुकुन्दा श्रेष्ठ र बिध्या खड्गीलाइ १२५०० /१२५०० नगद राशी तथा पदकले सम्मानित गरिएको छ ।

वांगमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रमुख अतिथि भएको उक्त कार्यक्रममा डा चुन्दा बज्राचार्य सभाध्यक्ष रहेको थियो ,त्यस्तैगरी पुरस्कारका दाता लक्ष्मीदास मानन्धर , स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल , प्रा ड़ा त्रिरत्न मानन्धर सहियकार मथुरा सायमी नेवा :पत्रकार राष्ट्रिय दबू:का अध्यक्ष सुरजविर बज्राचार्य तथा नेवा: जागरण मंचका अध्यक्ष सुजीव बज्राचार्य अतिथिको रूपमा उपस्थित थियो ।
मन्तव्यको क्रममा अतिथिहरुबाट पुरुस्कृत बिध्यार्हिहरुलाई बधाई तथा शुभकामना दिनुका साथै आफ्नो मातृभाषा रहे मात्रै आफ्नो अस्तित्व रहने कुरामा जोड दिनु भयो ,मन्तब्यकै क्रममा ” आफ्नो मातृभाषा बोल्न र लेख्न छोडिएको खण्डमा नेपाल भाषा पनि पालि भाषा झैँ मृत हुन सक्ने “जिकिर गर्नु भयो .
उतकृष्ट छात्रा सुकुन्दा श्रेष्ठ र बिद्या खड्गीले आफुहरुले नेपाल भाषा मा परिक्ष दिएकोमा गर्व महसुस भएको चर्चा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.