क्षत्रपाटी नि:शुल्क चिकित्सायल ६२ वर्ष पूरा गरि ६३ वर्षमा प्रवेश
६२ वर्ष अघिदेखि निरन्तर सेवा दिदै आइरहेको र प्राथमिक उपचारदेखि शुरु गरिएको क्षत्रपाटी नि:शुल्क चिकित्सालय ६२ वर्ष पार गरि ६३ वर्षमा प्रवेश गरिएको छ ।
प्रमुख अतिथि काठमाडौँ महानगर पालिकाका प्रमुख बिध्यासुन्दर शाक्य ले अस्पताल भवन निरिक्षन पश्चात कलात्मक पानसमा दीप प्रज्वोलित गरि कार्यक्रमको उद्घाटन गरिएको हो ।
चिकित्सालयका उपाध्यक्ष कुमार देव मानन्धरबाट स्वागत मन्तब्य राखिएको थियो ,सोहि क्रममा चिकित्सालयको लागि आर्थिक सहयोग गर्नु हुने कुमार देव मानन्धर ३ लाख ,सुर्य मान सिह बनिया -प्रणदेवि बानिया ५ लाख ,अमृत राज शाक्य १ लाख लाइ प्रमुख अतिथिले दोसल्ला वाधायर तथा सम्मान पत्र द्वारा सम्मानित गराएको छ ,साथै सोहि कार्यक्रममा श्याम बाहादुरबाट १ लाख, ठमेल पर्यटन बोर्डका उपाध्यक्ष गीता गुरुङ्ग बाट ५०,००० ,मोनिका स्थापित बाट १५,००० तथा रमेश श्रेष्ठ बाट ५००० आर्थिक सहयोग गरेको छ ।
त्यस्तैगरी सोहि कार्यक्रममा बिगत २० वर्षदेखि चिकित्सालयमा अनवर्त सेवा गर्नुहुने आँखा बिशेष ज्ञ डाक्टर केशव राज भट्टराइ ,बालरोग बिशेष ज्ञ डाक्टर सरिता श्रेष्ठ (ताम्राकार ),अनमि बिमला राजभण्डारी ,हेल्पर चमेली गुरुङ्ग र कृष्ण महर्जनलाई उहाहरुको कार्यको मुल्यांकन गरि नगद राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो iकार्यक्रममा प्रमुख अतिथिबाट चिकित्सालयलाई चाहिले आर्थिक सहयोग गर्नेप्रतिबद्दता जाहेर गर्नु भएको छ भने सोहि क्रममा चिकित्सालयका अध्यक्ष डाक्टर मनोजमान श्रेष्ठले ” यदि यो चिकित्सालयमा चाहिने जति उपकरण भएको खण्डमा विर अस्पतालमा भन्दा सस्तोमा उपचार सेवा दिने” बचन दिनु भएको छ ।