जगत सुन्दर ब्वनेकुथि माध्यामिक बिद्यालय २९ वर्ष पूरा गरि ३० बर्ष मा प्रवेश.
मातृभाषा नेपाल भाषा को माध्यमवाट पठन _पाठन हुने पहिलो बिद्यालय जगत सुन्दर ब्वनेकुथि माध्यामिक बिद्यालय २९ वर्ष पूरा गरि ३० वर्षमा वर्षमा प्रवेश गरेको छ ,सोहि उपलक्षेमा सम्मान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरियको छ महानगर पालिकाका प्रमुख मेयर बिद्या सुन्दर शाक्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशी ज्युलाई दोसला वधाई र सम्मान पत्र द्वारा सम्मानित गरियको हो , सम्मानकै क्रममा उक्त इस्कूलमा स्थापना कालदेखिनै अध्यापन तथा सेवा गरेको को मूल्यांकन गर्दै पूर्व प्रध्यापिका रत्नदेवी कसा:,पूर्व प्रध्यापिका माया मानन्धर तथा शिक्षिका भगवती ज:कमि महर्जनलाइ एक लाख नगद राशी सहित दोसल्ला वोधाई कदर पत्र ले सम्मान गरिएको हो , २५ वर्ष सेवा अवधि पुर्याएको योगदानको मूल्यांकन स्वोरूप,प्राध्यापिका सुनिता मानन्धर तथा शिक्षिका मधु दर्शनधारीलाइ पनि
कदरपत्र तथा दोसल्ला वधाई सम्मान गरिएको हो , सोहिक्रममा बिद्यालयका बिद्यार्थी , शिक्षक तथा शिक्षिकाको मन जित्न सफल हुनु भएकोमा शिक्षिका रोशना शाक्यलाई ५०० हजारको नगद राशी सहित कदरपत्रले सम्मान गरिएको हो ।
सम्मानकै क्रममा मिस नेवा:११३९ को उपाधि प्राप्त गर्न सफल पूर्व बिद्यार्थी नितु डंगोल , मिस ट्यालेन्ट उपाधि पाउन सफल सुजिना श्रेष्ठ तथा मिस एस ;इ इ सेकेण्ड रनर अप प्रिया खडगीलाइ पनि सम्मान गरेको हो ,त्यस्तैगरी कार्यक्रममा एस इ इ परिक्षामा नेपाल भाषा बिषयमा सर्बोकृस्ट अंक ल्याउन सफल बिद्यार्थीहरु सुकुन्दा श्रेष्ठ ,बिध्या खड्गी र सुमित रत्न सिन्धुराकारलाइबिरंच्ची -मोति पदकले सम्मान गरेको छ जसमा२००० हजार नगद राशी ,पदक तथा सम्मानपत्र थियो।
कार्यक्रममा सो स्कूलको स्थापना काल देखिनै सहयोग गरिरहेको जापानी हिकिभाका अधयक्ष सोजा हामाजाकि तथा हिकिबाका सदस्यहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो भने उहाहरुले पनिबिद्यार्थीहरुलाईखेल सामग्री प्रदान गरिएको थियो त्यस्तगरि हामाजाकिले पनि उक्त बिद्यालय ३० वर्ष पुगेको उपलक्ष्यमा इस्कूलालाई मायाको चिनो प्रदान गरियको छ ।
प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्जोलन गरि उदघाटन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य प्राध्यापिका सुनिता मानन्धरले राख्नु भएको हो , त्यस्तैगरि विद्यालयको सस्थापनकाल देखिका आरोह -अबरोह बारे डा चुन्दा बज्राचार्यले चर्चा गर्नु भएको छ ,मन्तब्यकै क्रममा हिकिभाका हामाजाकिले “अबको समय आफ्नो स्वास्थ्यको कारणले गर्दा सायद सहयोग गर्न नसक्ने “स्थिति को जिकिर गर्नुका साथै महानगर पालिकाबाट केहि आर्थिक सहयोगकोलागि अनुरोध गर्नु भयो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरु वांगमय पुरुष भगवती ज:कमि ,तथा रत्नदेवी कसा:ले आ -आफ्नो मन्तब्य राख्नु भएको हो , त्यस्तैगरी प्रमुख अतिथि बिद्या सुन्दर शाक्य तथा अतिथि १५ वडाका अध्यक्ष इस्वरमान डंगोलले पनि मन्तब्य राख्नु भएको छ , अन्तमा सभा अध्यक्ष लक्ष्मीदास मानन्धर द्वारा धन्यबाद ज्ञापन गर्नु भएको हो

