इतिल्हने सम्यक भव्यताका साथ सम्पन्न
इतिल्हने सम्यक महादान पर्व पाटनको नागबहालामा भव्यतापूर्वक सम्पन्न ,यो सम्यक पर्व ५ /५ वर्ष मा हुदै आइरहेको आयोजकले जानकारी दिएको छ।
यो पर्व बौद्द धर्मबलाम्बिहरुको लागि निकै महत्वपूर्णको पर्व हो ,यो पर्व बिशेष गरि शाक्य भिक्षु , बज्राचार्यका साथै पाटनका बिहारहरुका साथै ,काठमादौ, भक्तपुर,किर्तिपूर तथा चोभारबाट दीपंकर बुद्द , आर्य अवलोकेश्वोर,बसुन्धरा र आर्य तारा ल्याइपुर्याउनु भएको छ ,सो महादान पर्वमा भक्तजनहरुबाट पूजा -आज्ञा गरी दान-प्रदान गरिएको छ, यो पर्व मा १४९ देव देवता विराजमान गरिएको आयोजकले बताएको छ।
दान मध्यको पनि महादान भनिएको यो सम्यक महादान गर्नाले १० पारमिता मध्यको दान पारमिता पूर्ण हुने भन्ने बौद्द धर्माबलम्बीहरुको आस्था तथा बिस्वास रहिआएको छ ।
७०० वर्ष अघिदेखि शुरु गरिएको यो पर्व बिक्रम सम्बत १८६१ सम्म प्रत्यक बर्ष आयोजना गर्दै आएको भएता पनि त्यसपछि आयेस्ताले नपुगेर ५/५ बर्ष मात्रै आयोजना गर्न सकिरहेको आयोजकले बताएका छन ,यो पर्वमा धा : बाजाको पनि प्रदर्शन गरिएको छ ।
यो पर्व संग जोडिएको कथा यस प्रकार रहेको छ ।ठकूरी बंशका राजा भाष्करदेवका सन्तति भरिभारोले आफ्नो द्ररिद्रता लुकाउन ढुकुटीमा गाइको गोबर जम्मा गरी ताल्चा लगाई साचो सधै आफ्नो साथ राख्न्ने गरेको रहेछ ,एक दिन भरिभारो स्नान गर्न जादा साचो बिर्सेको रहेछ त्यसपछि : उनको श्रीमतीले साचो फेला परेछ र आफ्नो श्रीमानले ढुकुटीमा के लुकाएको रहेछ भनेर हेर्न जादा सुनले भरिएको देखिन,अनि श्रीमान् फर्कनासाथ उनीले बेलिबिस्तार लगाइन ,गोबर जम्मा गरेको सुन कसरि भए भनेर भारिभारो अचाम्मित भयेछ र आफ्नो श्रीमतीलाई भनेछ यो सब त्रिरत्नको । को असिम कृपाले गर्दा भएको हो त्यस कारण यहि धनबाट सम्यक महादान गरौ र त्यसपछि सो पर्वको निरन्तरताको लागि सम्यक गुथिको स्थापना गरी ह्रिनयवर्ण महाबिहारलाई जिम्मा लगाइदिएको कथन पिएको छ ।