गुरुमापालाई भात खुवाउने क्रममा तनाव
हरेक वर्ष गुरुमापालाई होलीको दिन भात खुवाइन्छ । किंवदन्ती अनुसार गुरुमापा काठमाडौंको इतुम्बहाल भन्ने ठाउँमा बस्ने भयानक राक्षस हुन । राती बच्चा रुँदा गुरुमापाले लिन आउँछ भन्ने डर अझै पनि आजकाल विद्यमान छ । बच्चा हराउन थाले पछि स्थानियहरु मिलेर गुरुमापालाई समाति टुंडिखेलमा राखेको र शहर नपस्ने सर्तमा वर्षै पिच्छे भात खुवाउने चलन चलाएको कथन छ ।

यहि परम्परालाई निरन्तरता दिंदै गत सोमबार होलीको दिन गुरुमापालाइ भात खुवाउन स्थानियहरु टुंडिखेल पुगेका थिए । इतुम्बहालमा तयारी गरि बाजागाजा सहित सहभागी लगभग २०० जना टुंडिखेल पुगेका थिए । तर टुंडिखेलको ढोका भने बन्द गरिएको थियो । बारम्बार ढोका खोल्न आग्रह गर्दा पनि सुरक्षाकर्मि नमानेपछि स्थानियहरु आक्रोशित भएका थिए । सँस्कृति र परम्परा मास्न राज्य नै लागि परेका भन्दै उनीहरुले आक्रोश पोखेका थिए । स्थानियले टुंडिखेलको ढोका नै भत्काउन खोजेपछि सुरक्षाकर्मीले ढोका खोलेका थिए । आफूहरुलाई जानकारी नभएको भन्दै सुरक्षाकर्मीहरु पन्छिन खोजेका थिए । सदिऔं देखि चल्दै आएको परम्परा बारे जानकारी राख्न सरोकारवाला निकायलाई स्थानियले आव्हान गरेका छन ।

हरेका वर्ष किलागलका ज्यापुहरुले यसरी गुरुमापालाई भात खुवाउँदै आइरहेका छन । यस वर्ष किलागलका ६६ वर्षका देवरत्न महर्जनले सामाग्री टुंडिखेल पुर्याएका थिए । गुरुमापाको भोजन एकै जनाले इतुम्बहाल बाट टुंडिखेल पुर्याउनु पर्ने चलन छ । कुल २० पाथीको भातलाई यसरी खम्हुमा राखि लगिएको हो ।
लोक कथन विपरित किलागलका वासिन्दा भने गुरुमापालाइ बलवान र सोझो पुर्खा भएको बताउँछन ।
भात बनाउने विधि :


