इन्द्रायणी मन्दिर परिसरको सतलको सिलान्यास सम्पन्न

कामपा १७ वडाको इन्द्रायणी मन्दिर परिसरको सतलको सिलान्यास सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य साथै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सामुहिकरुपमा सतलको जग राख्नुभयो ।

इन्द्रायणी परिसर गुरुयोजना निर्माण सहयोग तथा अनुगमन उपसमितिको आयोजनामा सिलान्यास भएको हो । आफुहरुपनि काम नगर्ने र महानगरपालिकाले गर्दै आइरहेको कामको आलोचना गर्न केहि सम्पदाप्रेमि सक्रिय देखिएको मेयर शाक्यले गुनासो राख्नुभयो । विरोध गर्न भन्दा आफैले केहि गरि देखाउन उहाँले आग्रह गर्नुभएको छ ।

बागमती प्रदेशका सांसद बसन्त मानन्धरले बिष्णुमती नदि सफा गर्न पहिल फोहोर नदिमा नफाल्न आग्रह गर्नुभयो ।

उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले यस सतलको पुनर्निमाणले अन्तिम संस्कारका लागि आउने आफन्तलाई सहज हुने बताउनुभयो ।

प्रेम पुजारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १७ वडाका वडा अध्यक्ष नविन मानन्धर, छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) का उपाध्यक्ष कुमार मानन्धर अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

२०७७ साल मंसिर सम्म निर्माण समापन हुने सतलको लागत १ करोड १७ लाख ४ हजार १७९ अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.