महांकाल, संकटा साथै भद्रकालीको मन्दिर बन्द हुने

कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि नेपाल सरकारले विभिन्न नियम र निर्देशन गरिरहेको समयमा काठमाडौंका महांकाल, संकटा साथै तेबहाल र वटुमा अवस्थित भद्रकालीको मन्दिर भक्तजनका लागि बन्द हुने भएको छ । वडा नं २२का वडाध्यक्ष चिनिकाजी महर्जनले जारी गर्नुभएको सुचना अनुसार भोली शुक्रबार देखि मन्दिरहरु बन्द हुनेछन् । मन्दिरको नित्य पुजा भने निरन्तर हुनेछ । संक्रमण नियन्त्रणका लागि मन्दिर बन्द गरिने सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.