नेपालले एकतर्फी नाकाबन्दी लाउन दबाब

भारतीय सीमा नाका एकतर्फी रुपमा बन्द गर्नु पर्ने माग कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा उठेको छ ।

नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरेको छ । तर भारत मौन बसिरहेको छ । सीमा नाकाहरुबाट भारत गएका नेपाली साथै भारतीय नागरिक समेत आउने क्रम ह्वात्तै बढेको छ ।

शनिबार साँझ बसेको बैठकमा नेपाल सरकारका मन्त्रीहरुले सीमा नाका बन्द नगर्दा जोखिम बढेको बताएका छन् । मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सम्वाद गर्नुपर्नेमा जोड दिएका छन् । भारत नमाने नेपालले एकतर्फी नाकाबन्दी गर्नुपर्ने उहाँहरुले दबाब दिएका छन् ।

उता अमेरिका र क्यानाडाको नाका कोरोनाका कारण बन्द गरिसकिएको छ ।

यता सरकारले नेपाल आउने सबै अन्तराष्ट्रिय उडान आजबाट प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published.