कोरोनासँग लड्न टेकु अस्पतालले माग्यो थप ४४ स्वास्थ्यकर्मी

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मीको माग गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेका समयमा नेपालको एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको छ ।

कोरोना भाइरस संक्रमितको उपचार गर्न जनशक्ति अभाव हुने भएकोले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सको माग गरिएको छ । अस्पतालले आइतबार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन दिन सुचित गरेको छ ।

Leave a Reply

Your email address will not be published.