घाेडाजत्रामा कुमारीकाे सवारी नहुने
नेपाल सरकारकाे निर्देशन अनुसार विभिन्न जात्रा पर्वहरु यश वर्षका लागि स्थगित गरिएका छन । तर घाेडाजात्रा भने मनाउने भएकाे छ । यश अवसरमा अवलाेकनका लागि जिवित देवी कुमारीकाे उपस्थिति हुनुपर्छ । संक्ररमणबाट सुरक्षित हुन यस वर्ष कुमारीकाे अवलाेकन स्थगित गरिएकाे छ ।
चैत ९ गते तलेजुका मूल पुजारी उद्धव कर्माचार्य, राजगुरु मञ्जुश्री रत्न बज्राचार्य, का म पा २३ का वडा अध्यक्ष मचाराजा महर्जन, शाक्य महाविहार संघ तथा अन्य बुद्धिजिवीहरुकाे सल्लाह बमाेजिम चैत्र ११ गतेकाे सवारी स्थगित गरिएकाे इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गाैतम शाक्यले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।