घोडा जात्रा अन्यौलमा, भद्रकाली पुजा यथावत

देशमा अहिले लकडाउन गरिएको छ । आज बिहान ६ बजे बाट एक हप्ताका लागि नेपालै लकडाउन गरिएको छ । यसैबिच आजको घोडा जात्रा अन्यौलमा परेको छ । नेपाली सेनाले घोडाको कर्तव देखाउने दिनको रुपमा मनाउँदै आएको घोडा जात्रा परम्परा धान्न गर्ने निर्णय भएको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री देखि उच्च पदस्थ पदाधिकारीले अवलोकन गर्नुपर्ने परम्परा रहेको यस जात्रामा जिवित देवी कुमारीको पनि आवागमन हुने गथ्र्यो । तर यस वर्ष कोरोनाको संक्रमण हुने डरले कुमारीको अवलोकन स्थगित गरिएको थियो र उच्च पदाधिकारीलाई निम्तो समेत पठाइएको थिएन ।

सेनाले आन्तरिक रुपमा गर्न लागेको घोडा जात्रा नेपाल सरकारको लकडाउन निर्णयले अन्यौलमा परेको छ । अहिलेसम्म प्रधान सेनापतिबाट कुनै निर्णय नआएकोले घोडा जात्रा हुने नहुने यसै भन्न नसकिने एक उच्च सेना अधिकारीले बताएका छन । निर्णय छिट्टै आउने पनि उनको भनाइछ । उता घोडाजात्रामा सेनाले गर्दै आएको भद्रकालीको पुजा भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published.