आयातीत तेस्रो कोरोना संक्रमित भेटिए । अरु कति संक्रमित होलान ?
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । आयातीत कोरोना संक्रमित दुबईबाट आएका थिए । यस अघि चीन र फ्रान्सबाट आएका दुई नेपालीमा कोरोना पोजिटिभ भेटिएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको थियो । मंगलबार राति १२ बजे त्यस युवाको स्बाव परीक्षणपछि पुष्टि भएको थियो । अहिले उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
नेपालमा देखिएका यी तीनै बिरामी बिदेशबाट नेपाल फर्किएका हुन । १४ दिनभित्र कोरोना परिक्षण गर्दा संक्रमित देखिएका थिए । विदेशबाट नेपाल आएका नेपालीहरुमा संक्रमण हुन सक्ने भन्दै क्वारान्टाइनमा बस्न सरकारले अनुरोध गरेपनि क्वारान्टाइन बसे नबसेको निगरानी गरिएको छैन । यसबाट थप कोरोना संक्रमित बद्न सक्ने अपेक्षा गरिएको छ । विदेशबाट आएका कतिमा संक्रमण छ भन्ने ठ्याक्कै भन्न नसकिने अहिलेको अवस्थामा यदि संक्रमित भए कति जनालाई संक्रमण सर्यो भन्ने झनै यकिन गर्न सकिंदैन ।