कोरोना भाइरस स्थानीय रुपमा नफैलिएको सरकारको भनाइ

अहिलेसम्म कोरोना संक्रमण स्थानीय स्तरमा नफैलिएको सरकारले बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले नेपालमा लोकल वा कम्युनिटी ट्रान्समिसन नदेखिएको बताएका हुन । संक्रमितबाट नेपालमै अर्को व्यक्तिमा अहिले सम्म सरेको पाइएको छैन । डा. कार्कीका अनुसार दुबै संक्रमितको सम्पर्कमा आएकाहरुसँग नियमित सम्पर्क भइरहेको छ र कसैलाई कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन ।

Leave a Reply

Your email address will not be published.