कोरोना भाइरसका चौथा संक्रमित नेपालमा भेटिए

कोरोनाभाइरस सङ्क्रमण भएका चौथो व्यक्ति नेपालमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भेटिएको हो । चैत ११ गते अस्पताल भर्ना भएका सङ्क्रमित व्यक्ति कुन विमानमार्फत नेपाल आएका भन्नेबारे सोधखोज भइरहेको छ । यस अघि कतार, फ्रान्स र चीनको वुहानबाट फर्केकाहरुमा कोरोना संक्रमण देखिएको हो । अहिले तीनै जनाको टेकु अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published.