धादिंगमा शंकास्पद व्यक्ति छैनन् तर गाँउपालिकाको क्वारान्टाइनमा बस्न मान्दैनन् भारतबाट फर्केकाहरु

धादिंग वार्ड नम्बर २ का ३२ बर्षका उर बहादुर तामङ कोरना भाइरस प्रमाणीकरण भएसि शुक्रराज ट्रपिकल अस्पताल, टेकु मा भैरहेको छ । धादिङ्को कतुन्जेबाट सङ्कास्पद थप ४ जना लाई काठ्माण्डु पठाएर स्वास्थ्य जाँच गरिंदैछ ।

वार्ड नम्बर ४ मा लकडाउन अघि इन्डियाबाट ६० जना फर्किएका थिए । उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा थप अनुसन्धान भैरहेको छ नेत्रावती डबजोङ गाउँपालिका सेमजोङ धादिङ नेपालका अध्यक्ष दुर्ग कुमार शाक्यले जानकारी दिनुभयो । पालिकाले क्वारेन्टाइनको ब्यबस्था गरेपनि मानिसहरु क्वारेन्टाइन बस्न नमानेको अध्यक्ष शाक्यले दुखेसो पोख्नुभएको छ । पलिकाले उनिहरुलाइ क्वारेन्टाइनमा बस्न पटक पटक पहल गरिरहेको छ ।

त्यसैगरि स्वास्थ्य डेस्क नै गाँउपालिकाले चलाएको छ । टोड्के भन्ज्याङ, भर्याङ्भुरुङ, किम्तङ्फेदी र गैरामा हेल्थ डेस्क सन्चालन गरिरहेको अध्यक्ष शाक्यले बताउनु भयो । त्यसैगरि पालिका भरी पूर्ण रुपमा लकडाउन लागु भएको जानकारी दिनुभयो । “सबै हेल्थ पोस्ट मा स्वास्थ्य कर्मी छन् । अहिले कोही सङ्कास्पद ब्यक्ति छैनन् । म आफै पनि बिरमी पठाउने काम गरिरहेको छु ।”, पालिका अध्यक्ष शाक्यले शुभअभियानलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.