छैटौं कोरोना संक्रमित पनि बेल्जियमबाटै आएकी, वर्ष भने ६५
सरकारले नेपालमा अर्को एक कोरोना सक्रमित फेला पारेको छ । कोभिड–१९ संक्रमित हुन बागलुङकी ६५ वर्षीया वृद्धा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार यसको पुष्टि गर्नुभयो ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी तेस्रो संक्रमित १९ वर्षीया किशोरीकी आफन्त उनी त्यही विमानबाट सँगै नेपाल फर्किएकी थिइन । उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा र जिपमा बाग्लुङ पुगेका थिए । उनमा पनि कोरोनाको कुनै लक्षण नभएको बताइएको छ ।
काठमाडौंकी १९ वर्षकी युवती, बागलुङकी १९ वर्षीया युवती र बागलुङकै ६५ वर्षीया वृद्धा गरि त्यहि विमानबाट आएका तीन जनामा संक्रमण देखिएको छ । जहाजमा यात्रा गरेका सबै १५८ जना नेपालीको खोजी कार्य अघि बढाइएको अधिकारीहरूले बताएका थिए ।